द्विविधामा कांग्रेस, आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा वर्तमान राजनीतिक विषयमा छलफल हुनेछ। आजको बैठकले संसद् विघटनको सरकारी कदमकाविरूद्ध कांग्रेसले चाल्ने कदमका विषयमा निर्णय लिने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने अपेक्षा गरेका छौँ ।

साथै बैठकमा प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव, पार्टीको संगठन समायोजन र १४औं महाधिवेशनबारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्।

गत पुस ७ गते सुरु कांग्रेसको केन्द्रीय समिति बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गरिसकेको छ। तर पनि कांग्रेसले संसद् पुर्स्थापनाबारे बोलेको छैन। साथै संसद् विघटनविरुद्ध आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खिने भन्नेमा पनि कांग्रेस द्विविधामा छ।

सभापति शेरबहादुर देउवा संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिल्यै आन्दोलनमा जान उपयुक्त नहुने बताइरहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता भने आन्दोलनमा जानुपर्ने पक्षमा छन्।

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहँदा कांग्रेस केन्द्रीय समिति बैठक पुस १९ गतेपछि पटकपटक स्थगित हुँदै आएको छ । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा