फागुन २१ गतेबाट चलचित्र गोर्खे प्रदर्शन

कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्र “गोर्खे ” यहि फागुन २१ गते बाट देशैभर प्रदर्शनमा आउने भएको छ।

माघ महिना सम्म जेनतेन सिनेमा हल संचालनमा आएपनि फागुन महिनाबाट भने दर्शक पनि हल सम्म पुग्ने माहोल राम्रो हुने भएर नै चलचित्र “गोर्खे ” फागुन २१ गते बाट प्रदर्शनमा आउन लागेको बताए वितरक कारण श्रेष्ठ क्रेजीले चलचित्रको रिलिज डेटसंगै चलचित्रको पोस्टर पनि सार्वजनिक गरेका हुन् ।

सार्वजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकारहरुलाई फिचर गरिएको छ । यस चलचित्र लाई नेपाली चलचित्रका महंगा र प्रशसनिय काम गर्ने प्राबिधिकहरुले आफ्नै लगानीमा निर्माण गरेका हुन ।

केहि दिन अघि चलचित्रमा समाबेस ,मुख्य दृश्य सहित टाईटल लिरिकल गीत सार्वजनिक भए संगै चर्चामा आएको यस चलचित्रको अन्य गीत भने निकै चर्चामा रहेको छ ।

चलचित्रको ‘गोर्खे’  तिन गीत रिलिज संगै चलचित्र हेर्ने र नेपाली चलचित्रलाई मायाँ गर्ने दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ ।नेपालको रमणीय स्थानहरु पाल्पा ,बर्दघाट,धम्पुस,पोखरा र काठमाण्डौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको यस चलचित्रलाई निर्देशक किम्मत गौतमले निर्देशन गरेका हुन ।

गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको पात्र लाई सिनेमामा देख्न पाईने बताए निर्माता हरि थापाले। चलचित्रमा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ्ग,आश्मी लामा,आश्मी श्रेष्ठ,एन्जेल श्रेष्ठ ,बाल्दिप राई लगायतकाको प्रमुख अभिनय रहेको छ।

सौरब लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बुले लेखेका हुन। करिब ४५ दिनमा छायांकन सकिएको छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ ।

चलाचित्र फाल्गुनको दोश्रो साताबाट प्रदर्शनमा ल्याउने तयारी भईरहेको बताए निर्माता हरि थापाले । यस्तै चलचित्रको विदेशको शो पनि पक्का भएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा