५० हजार रुपैयाँ धरौटीमा छुटे विनयजंग बस्नेत छुटे

बीबीसीको एक सय प्रतिभाशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई अभद्र व्यवहार तथा सामाजिक सञ्जालमा गालीगलौज गरेको मुद्दामा पक्राउ परेका विनयजंग बस्नेत धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत काठमाडौँले बस्नेतलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । २४ दिन हिरासतमा बसेका बस्नेतलाई बुधबार अदालतले यस्तो आदेश दिएको हो ।अदालतले उनीसँग अभद्र व्यवहारमा १० हजार र साइबर अपराधको मुद्दामा ४० हजार रुपैयाँ धरौटी मागेको हो ।सपनाले गत माघ १९ गते विनयविरुद्ध प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई काठमाडौँको गोंगबुबाट फागुन ४ गते पक्राउ गरेको थियो ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा