कलंकीबाट दुई जना महिला पाकेटमा’र पक्राउ

काठमाडौं उपत्यकामा ठगी, लुटपाट तथा पकेटमा’रीमा संलग्न महिलोको गिरोह पक्राउ परेको छ ।

काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई जना महिला पाकेटमा’र पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन् ।महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काले उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत बरामद गरिएको जानकारी दिइन् । प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काका अनुसार उनीहरुलाई पकेट मा’र्दै गर्दा नियन्त्रणमा लिइएको हो ।

यो उनीहरू त्यस दिनको मात्र पकेटमा’रको पैसा रहेछ। त्यस दिन दुई वटामात्र पकेट मा’रेका रहेछन्। हुलियाको आधारमा समातेका हौँ” प्रहरी प्रभाव कलङ्कीका प्रहरी निरीक्षक मिठु खड्काले भने। प्रहरीले नियन्त्रणमा लिएका युवतीले करिब ३ वर्ष देखि पकेटमा’र गर्दै आएको बयान दिएका छन्।

उनीहरु लामो समयदेखि कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई चोरी, पकेट मा’र्ने तथा ठग्ने काममा संलग्न भएको प्रहरीले जनाएको छ । दुवै युवती पुरुषहरुसँग नजिकिइहाल्ने र योजनाव’द्ध तरिकाले ठगी तथा लु’टपा’ट गर्ने कार्यमा संलग्न थिए ।

“भिड भएको गाडीमा चढ्ने अनि केटीहरूले गाडी भित्र उभिएका प्यासेन्जरलाई ठेलम् ठेल गर्ने, अनि पकेटबाट पैसा झिक्ने गर्ने ट्रेन्ड देखियो” प्रहरी निरीक्षक खड्काले भने।उनीहर पेशेवर रुपमै ठगी तथा पकेटमा’रीमा संलग्न रहेको प्रहरीेले जनाएको छ । पुरुषहरुसँग नजिकिने र उनीहरुले पाकेट मा’र्ने गरेको प्रहरीले जनाएको छ। केहीलाई उनीहरुले ठगी समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा