प्रेमिकालाई फकाउनको लागि लाखौं खर्च गरेर आफ्नो बगैंचालाई नै लभ आइल्याण्डमा परिणत

एक युवकले रिसाएर गएकी प्रेमिकालाई फकाउनको लागि लाखौं खर्च गरेर आफ्नो बगैंचालाई नै लभ आइल्याण्डमा परिणत गरे । तर, यति गर्दा पनि उनकी प्रेमिका भने प्रभावित भइनन् । तर, ती युवकले अझै पनि प्रेमिकाको प्रतिक्षा गरिरहेका छन् । यद्यपि ३० वर्षका यी युवकको मेहनत खेर भने गएन । अब यो लभ आइल्याण्डमा अन्य प्रेमी जोडीहरु घुम्नको लागि आउन थालेका छन् । जु थर भएका यी व्यक्तिले १ लाख युआन (१८ लाख रुपैयाँ) खर्च गरेर आफेनो बगैंचालाई नयाँ रुप दिएका हुन् ।

यो पूरै आइल्याण्डलाई गुलाबी वनस्पतिले ढाकिएको छ । यो आइल्याण्डको घाँस पनि गुलाबी रंगको छ । यहाँ कैयौं चेरीका रुखहरु पनि छन् । यसका अलावा यी व्यक्तिले यो रोमान्टिक स्पटसम्म जानको लागि एउटा पुल पनि बनाएका छन् । जुले आफ्ना बुढा मातापिताको हेरचाह गर्नका लागि गाउँ जाने निर्णय गरेपछि उनकी प्रेमिकाले ब्रेकअप दिएकी थिइन् । ब्रेकअप भइसकेपछि जुले एकपटक फेरि आफ्नी प्रेमिकालाई फकाउने प्रयास गरेका थिए तर यसमा उनी सफल हुन सकेनन् ।

यो लभ प्रोजेक्ट पूरा हुन करिब १ वर्षको समय लाग्यो । हालै यो आइल्याण्डको काम पूरा भएको हो । जुकी प्रेमिका उनको यो कामबाट प्रभावित भए पनि उनीसँग फेरि सम्बन्धमा आउन भने अ स्वी कार गरिन् । प्रमिकाले जुले अझै राम्री प्रेमिका पाउने आशा जनाएकी छिन् ।

जुका अनुसार उनी निकै रोमान्टिक छन् तर आफ्ना भावना शब्दमार्फत व्यक्त गर्न असहज महसुस गर्छन् । त्यसैले उनी यस्ता कामबाट आफ्ना भावना व्यक्त गर्छन् । जुकी प्रेमिका नफर्किए पनि उनले बनाएको लभ आइल्याण्ड प्रेमी जोडीबीच लोकप्रिय भएको छ । यहाँ कैयौं जोडीले विवाहको प्रस्ताव राख्न आउँछन् । यहाँ विवाहपछिको फोटोसुटका लागि पनि कैयौं जोडीहरु आउँछन् । डिसीनेपाल बाट

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा