काठमाडौं । फिल्म ‘आक्रान्त’ युट्युबमार्फत सार्बजनिक भएको छ । जितेन्द्र राजोपाध्याय निर्देशित यो छोटो हरर फिल्म हो । लकडाउनको परिवेश समेटेर तयार पारिएको यो फिल्ममा हरि कृष्ण शाही, नेहा अवाले र कोहिनुर राजोपाध्यायको अभिनय देख्न सकिन्छ ।
फिल्मको निर्माण सामाजिक दुरी कायम गरेर गरिएको हो । एउटै घरमा छायाँकन गरिएको फिल्ममा जयनकुमार मोक्तानको छायाँकन छ भने, कथा र सम्पादन निर्देशक राजोपाध्यायकै रहेको छ । फिल्म नेपाली, तामाङ र नेवारी गरि ३ भाषामा तयार गरिएको निर्माण युनिटले जनाएको छ ।