अमला : फल पनि , औसधी पनि ,अमलाको चिकित्सात्मक ११ फाइदा यस्ता छन्।

काठमाडौं,बिनोद अधिकारी
अमला एक बहुगुणकारी फल हो। सानो एवं ठूलो प्रकारको हुन्छ। देख्नमा हरियो र गोलाकार दाना हुने अमला खादा अमिलो टर्रो भएपनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ। अमला अति स्वास्थ्यकर फल हो। यस कुराको पुष्टि चरक पालादेखि अहिलेको आधुनिक चिकित्सा एब आहार शास्त्रीहरुले गरेका अनुसंधान,रोगहरुमा प्रयोग र उल्लेख गरेका प्रयोग विधिहरूले नै गर्दछ ।
अमलाका चिकित्सात्मक ११ फाइदाहरु यस्ता छन् :

१ कब्जियत : अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई १-२ चम्चा सुत्ने बेलामा खाँदा बिहान दिशा खुल्छ। तर कब्जियत हटाउने भनेर यो मिश्रित चूर्ण (त्रिफला चूर्ण ) नियमित रूपमा बढी प्रयोग गर्नुहुँदैन।

२ अरुचि : दिनको २,३ वटा ताजा अमला खाने वा बिहान बेलुका खान खानु अघि आधा देखि एक चम्चा सुकेको अमलाको चूर्ण वा सुकेको अमला मिसाएको पानी खादा भोक जान्छ।

३ रगत बग्ने : रगत बडी बग्ने समस्या जस्तै : नाथ्री फुट्ने , महिलाको रक्त्तप्रदर ( महिनावारीमा बढी रगत जाने ),अल्काईको रक्तस्राव आदि समस्यामा अमलाको सेवन बढी गर्दा रक्तस्राव हुने क्रम घट्छ।

४ शरीरको गर्मीपना : हटाउन :जिउ बढी तातिने , मुख सुख्खा हुने वा हात गोडा पोल्ने भएमा त्यसबेला अमला भिजाएर पानीमा थोरै मिश्री राखी खादा लाभ मिल्दछ।

५ चिलाउने समस्या : सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई चिलाएको छालामा लगाउँदा चिलाउनेमा कमी आउछ।

६ आँखाको दृष्टिशक्ति बढाउन : अमलाको सुकेको चूर्णमा गाईको घिउ वा मह मिसाई राखी सुत्नुअघि नियमित केही मात्रामा सेवन गर्दा आँखा तेजिलो हुन्छ।

७ स्वास गनाउने :अमलाको चूर्णले दात माझ्ने एवम् घाँटी दुखेमा जस्तै अमलाको पानीले कुल्ला गरेमा स्वास गनाउने हट्छ।

८ दाँत चम्किलो पार्न : ताजा अमलाको रसले कुल्ला गर्ने वा अमला खेलाई खेलाई खाने त्यसपछि अमलाको सुकेको चूर्णले हल्कासँग दाँत माझ्ने गर्दा बलियो ,चम्किलो हुन्छ।

९ डन्डीफोर अनुहारको चाया : अमलाको चूर्ण पानीमा भिजाउने र त्यसलाई अनुहारमा लेपन गरि २० – ३० मिनेटपछि पखाल्ने र अमलाको चूर्ण दिनहु अनुहारमा हलुका सग माड्ने गर्दा अनुहारको चाया कम हुन्छ र डन्डी फोरम पनि लाभ मिल्दछ।

१० भिटामिन सीको कमि पुरा गर्न : अमला भिटामिन सीको प्रमुख स्रोत हो त्यसैले यसलाई भिटामिन सीको भण्डार पनि भनिन्छ। भिटामिन सीको अभाबमा छालाको रोगहरु ,रक्तनली र मुटुका विविध रोगहरु आदि हुन्छन्। यी रोगहरुबाट बच्न र निको पारी शरीरमा भिटामिन सीको कमीलाई पूर्ति गर्नको लागि अमलाको नियमित प्रयोग अति प्रभावकारी हुन्छ।

११ मधुमेह: अमलाको ताजा रस मधुमेहका रोगीहरुका लागि लाभप्रद हुनेछ। यसको सेवन गर्नाले रगतमा चिनी बन्न कम हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा