प्राविधिक समूहका ३० प्रहरी जवान सहायक हवलदारमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ) का ३० जना प्रहरी जवानलाई प्रहरी सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय बढुवा समितिको असोज २८ गतेको बैठकको निर्णयअनुसार योग्यताक्रमका आधारमा सिफारिस सूची सार्वजनिक गरिएको हो । प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) बमोजिम यो सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिसमा परेका प्रहरी जवानको पूर्ण नामावलीसहितको सूची प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा