कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको तयारी तीव्र: ७ प्रदेश, ७७ जिल्ला र १६५ क्षेत्रीय सभापतिलाई निम्तो

काठमाडौँ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूहले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाका लागि देशैभरका स्थानीय तथा प्रादेशिक नेतृत्वलाई निमन्त्रणा पठाएको छ। भेलालाई व्यापक र प्रभावकारी बनाउन ७ प्रदेश सभापति, ७७ जिल्ला सभापति र १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रका सभापतिहरूलाई औपचारिक पत्राचार गरिएको छ।

प्रचार-प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माका अनुसार सम्बन्धित क्षेत्रका सभापतिहरूलाई आफू स्वयम् सहभागी हुनुका साथै आफ्नो क्षेत्रभित्र रहेका पार्टीका वर्तमान तथा पूर्वनेतृत्वलाई समेत भेलामा सहभागी गराउने वातावरण बनाउन आग्रह गरिएको छ। पार्टीको आन्तरिक सुदृढीकरण, भावी कार्यदिशा र समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल गर्ने उद्देश्यले तीन दिने भेला आह्वान गरिएको हो।

भेलामा महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्यहरू, पूर्वमन्त्री, सांसद, प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारीहरूका साथै महानगर, नगर र गाउँपालिका समितिका सभापतिहरू समेत सहभागी हुनेछन्। तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता-कार्यकर्ताको राय-सुझाव सङ्कलन गरी पार्टीलाई गतिशील बनाउने लक्ष्यका साथ भेलाको तयारी तीव्र पारिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा