कांग्रेस विवाद समाधानको प्रयास : सभापति गगन थापा र पूर्णबहादुर खड्काबिच भेटवार्ता, शेखरसँग पनि छलफल हुँदै

काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच शनिबार साँझ ‘वान टु वान’ भेटवार्ता भएको छ।

भेटमा खड्काले १५औँ महाधिवेशनका लागि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यहरूलाई वञ्चित गर्न नहुने तथा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई समेत विशेष महाधिवेशनमा समेट्नुपर्ने अडान राखेका थिए। स्रोतका अनुसार सभापति थापा खड्काका मागहरू सम्बोधन गर्न सकारात्मक देखिएका छन्, जसले गर्दा पार्टीभित्र सहमतिको सम्भावना बढेको छ।

यसैबिच, सभापति थापाले आइतबार डा. शेखर कोइरालासँग पनि छलफल गर्दैछन्। पार्टी प्रवक्ता देवराज चालिसेले सभापति आफैँ आन्तरिक विवाद मिलाउन सक्रिय रहेको र दिउँसो १ बजे बस्ने कार्यसम्पादन समितिको बैठकमा सहमतिबारे ब्रिफिङ गरिने बताएका छन्। सहमति जुटेमा भदौ २४ गते तय भएको वडा अधिवेशन केही समय सर्न सक्ने सङ्केत गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा