नेपाली कांग्रेसको १५औँ महाधिवेशन: म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन, पाँच पालिकामा निर्विरोध

म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दी जिल्लाका सबै स्थानीय तहमा नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। जिल्लाको एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटै स्थानीय तहमा पालिका कार्यसमितिको नेतृत्व चयन गरिएको हो। जसमध्ये पाँचवटा स्थानीय तहमा सर्वसम्मत रूपमा र एउटा गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व छानिएको छ।

नेपाली कांग्रेस म्याग्दीका जिल्ला सचिव भरत रकालका अनुसार बेनी नगरपालिका, धवलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो। जसअनुसार बेनी नगरपालिकाको नगर सभापतिमा चक्र केसी, धवलागिरि गाउँपालिकामा प्रेमप्रसाद पुन, मालिका गाउँपालिकामा राजेन्द्र जुग्जाली, रघुगंगा गाउँपालिकामा निरज भण्डारी र अन्नपूर्ण गाउँपालिकामा कृष्णप्रसाद बरुवाल निर्विरोध सभापति निर्वाचित भएका छन्।

यस्तै, सहमति जुट्न नसकेको मंगला गाउँपालिकामा भने मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको छ। निर्वाचनबाट गोपाल भट्टचन सभापतिमा निर्वाचित भएका छन्। भट्टचनले ४१ मत प्राप्त गरी जित हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी मुक्तामान केसीले ३९ मत प्राप्त गरेका थिए। सचिव रकालका अनुसार म्याग्दीका ६ स्थानीय तहअन्तर्गत रहेका कुल ४५ वटै वडाहरूमा नेतृत्व, पदाधिकारी, सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरू यसअघि नै सर्वसम्मत रूपमा चयन भइसकेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा