देश अँध्यारो सुरुङतर्फ धकेलियो, संविधान र व्यवस्था नै समस्याको जड : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीति अँध्यारो सुरुङतर्फ धकेलिएको र वर्तमान संविधान तथा व्यवस्था नै मुख्य समस्याको जड रहेको बताएका छन्। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले व्यक्ति वा अनुहार फेरेर मात्र मुलुकको संकट समाधान नहुने स्पष्ट पारे।

सम्बोधनका क्रममा उनले वर्तमान संविधान त्रुटिका चाङले भरिएको उल्लेख गर्दै यसलाई सुधार्नुको अब कुनै विकल्प नरहेको दाबी गरे। हिजोको निषेधको राजनीतिले मुलुकलाई बर्बादीतर्फ लगेको बताउँदै उनले राजाले दललाई र दलले राजालाई निषेध गर्ने प्रवृत्तिको दुष्परिणाम अहिले सिङ्गो देशले भोगिरहेको टिप्पणी गरे।

मुलुकलाई निकास दिनका लागि राजा, राजनीतिक दल र नयाँ पुस्तालाई एकै ठाउँमा राखेर नयाँ शिराबाट राष्ट्रिय सहमति कायम गर्नुपर्ने प्रस्ताव उनले अघि सारे। देश अहिले संवैधानिक तथा राजनीतिक लिग बाहिर पुगिसकेकाले यसलाई जोगाउन र समृद्ध बनाउन बृहत् सहमतिको अपरिहार्यता रहेको उनले औंल्याए।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा