कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ११४ मतदाता, १४औँ भन्दा २३७१ बढी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कुल मतदाता (महाधिवेशन प्रतिनिधि) संख्या ७ हजार ११४ निर्धारण गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरण अनुसार यसपटक १४औँ महाधिवेशनको तुलनामा २ हजार ३७१ जना बढी मतदाता रहेका छन्।

यसअघि सम्पन्न १४औँ महाधिवेशनमा कांग्रेसका कुल मतदाता ४ हजार ७४३ जना रहेका थिए। पार्टी विधान र सांगठनिक संरचना विस्तारसँगै महाधिवेशन प्रतिनिधिहरूको संख्या उल्लेख्य रूपमा बढेको जनाइएको छ।

यसैगरी, पार्टीका कुल क्रियाशील सदस्यहरूको संख्या पनि बढेर ९ लाख ६९ हजार ८४२ पुगेको छ। १४औँ महाधिवेशनताका ८ लाख ७० हजारको हाराहारीमा रहेको क्रियाशील सदस्य संख्यामा यसपटक करिब १ लाख सदस्य थपिएका हुन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा