श्रीमतीको कार्डबाट गर्लफ्रेण्डको जरिवाना तिरेपछि

एक जना युवकले आफ्नो प्रेमिकाले तिर्नुपर्ने जरिवाना पत्नीको बैंक एकाउण्टको कार्ड प्रयोग गरेर तिरिदिएपछि बाबाल भएको छ । प्रेमिकाले गाडी चलाउँदा ट्राफिक नियम उल्लंघन गरिन् ।

उनले जरिवाना तिर्नुपर्ने भयो । तर उनीसंग कार्ड थिएन । विदेशमा सबै आर्थिक कारोवार कार्ड मार्फत हुन्छ । त्यसैले जरिवाना रकम तिर्न उनका प्रेमीले आफ्नो पत्नीको कार्ड प्रयोग गरेर जरिवाना तिरिदिए ।

यस्तो घटना युएईमा भएको हो । युएईको दुबईमा एकजना महिलाले आफ्नो क्रेडिट कार्ड चोरी गरेर कसैले आफ्नो क्रेडिट कार्डबाट रकम भुक्तानी गरेको उजुरी प्रहरीमा गरिन् ।

उनको मोवाइलमा नोटिफिकेशन आएपछि कार्डवाट पैसा प्रयोग गरेको उनले थाहा पाएकी थिइन् ।

उनले त्यसको उजुरी प्रहरीमा दिइन् । त्यसपछि उनले बैंकमा फोन गरेर कार्ड रद्द गरिदिन आग्रह गरिन् अनि पुलिसमा उजुरी गरिन् ।

 

चोरी गरिएको कार्डबाट ट्राफिक जरिवाना तिरिएको भन्दै उनले प्रहरीमा उजुरी गरेपछि दुबई पुलिसले तत्कालै त्यस विषयमा छानविन सुरु गर्यो ।

पुलिसले अनुसन्धान सुरु गर्यो तब निकै अनौठो तथा अपत्यारिलो तथ्य फेला पर्यो । वास्तवमा चोरी भएको भनिएको ती महिलाको क्रेडिट कार्डबाट ट्राफिक जरिवाना भुक्तान गर्ने मानिस अरु कोही नभएर उनकै लोग्ने थिए । अनि उनका लोग्नेले जसको जरिवाना तिरिरहेका थिए, ती व्यक्ति चाहिँ उनकी गर्लफ्रेण्ड थिइन् ।

विवाह पछि उनका श्रीमानको अर्कै महिलासंग पनि सम्बन्धमा रहेको कुरा उनलाई जानकारी थिएन । तर जब प्रहरीको माध्यमवाट उनले यो कुरा थाहा पाइन् अनि बबाल भयो । उजुरीपछि प्रहरीले ट्राफिक जरिवाना भुक्तानी गरिएकी ती युवतीलाई प्रहरी चौकीमा बोलायो । त्यस पछि ति युवतीले उनको श्रीमानलाई आफ्नो प्रेमी भनेर चिनाएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा