एसईई २०८२ को नतिजा सार्वजनिक: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, असार १ गतेदेखि पूरक परीक्षा हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सोमवार साँझ सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्ष नियमिततर्फ सहभागी कुल ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये २ लाख ८४ हजार १६० जना उत्तीर्ण (ग्रेडेड) भएका छन्। यसपटकको कुल उत्तीर्ण प्रतिशत ६५.९८ रहेको छ भने १ लाख ४६ हजार ५०७ विद्यार्थी नन-ग्रेडेड (एनजी) भएका छन्।

नतिजाको वर्गीकरण अनुसार सबैभन्दा उच्च जीपीए ३.६० देखि ४.०० सम्म प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ४८ हजार ३९२ रहेको छ। यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने ८० हजार ३७२, २.८० देखि ३.२० ल्याउने ९४ हजार २२२, २.४० देखि २.८० ल्याउने ५५ हजार ९७७ र २.०० देखि २.४० जीपीए ल्याउने ५ हजार १९० जना रहेका छन्। सबैभन्दा न्यून १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ७ मात्रै रहेको बोर्डले जनाएको छ।

बोर्डले नतिजा सार्वजनिक गरेसँगै नन-ग्रेडेड भएका विद्यार्थीहरूका लागि पूरक (ग्रेड वृद्धि) परीक्षाको मिति समेत तय गरेको छ। जसअनुसार आगामी असार १ गतेदेखि ९ गतेसम्म पूरक परीक्षा सञ्चालन हुनेछ। परीक्षाको विस्तृत कार्यतालिका र केन्द्रसम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिने बोर्डले उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा