देशका विभिन्न भागमा मनसुन विस्तार हुँदै: कोशीमा भारी वर्षाको चेतावनी, पश्चिम तराईमा तातो हावाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा मनसुन क्रमिक रूपमा विस्तार भइरहेको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुन वायुको प्रभाव रहेको छ भने बाँकी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव छ। आगामी चार-पाँच दिनभित्र बाँकी प्रदेशहरूमा पनि मनसुन पूर्ण रूपमा फैलने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रका साथै मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। विशेष गरी कोशी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यद्यपि, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा भने तातो हावा चल्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन सुझाइएको छ।

रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै अन्य प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा