मौसम अपडेट: आज कोशी र बागमतीसहित पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना, राति तराई सफा रहने

काठमाडौँ । मुलुकभर मनसुनी गतिविधि मत्थर बन्दै गएसँगै आज (बुधबार) देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने दिउँसो आंशिक बदली रहे तापनि रातिको समयमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको आकलन गरिएको छ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगका एक-दुई स्थानमा समेत मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशसहित सम्पूर्ण तराई भू-भागमा भने दिउँसो आंशिक बदली रहनेछ।

यसैगरी आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी र बागमतीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मधेशसहित देशका बाँकी सम्पूर्ण तराई भू-भागमा भने राति मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा