बलिउड अभिनेता अक्षय कुमारले सिने र टेलिभिजन कलाकार संघलाई ४५ लाख भारु आर्थिक सहयोग गरेका छन् ।

लाखौंमानिस कोरोना संक्रमित हुँदा कोरोना भाइरसको प्रकोप बढेसंगै यस समय हरेक मानिस तनावमय जीवन बाँचिरहेको छ ।काम गरेर खाने वर्ग यस समय कोरोना संक्रमणका कारण भोकमरीसंग जुध्न बाध्य छन् । यहीबीच बलिउड अभिनेता अक्षय कुमारले सिने र टेलिभिजन कलाकार संघलाई ४५ लाख भारु आर्थिक सहयोग गरेका छन् ।यसैबीच पश्चिम बंगालमा आएको चक्रवत तुफानका कारण हजारौ मानिस बेघर भएका छन् ।

यस मुस्किल घडीमा पश्चिम बंगालका ब्रान्ड एम्बास्डर एवम् चर्चित बलिउड अभिनेता शाहरुख खानले समेत लाखौं रकम सहयोगको घोषणा गरेका छन् ।तर भारतमा बढेको महामारीकाबीच एक निजी कम्पनीको उत्पादनलाई विज्ञापन गरेको आरोपमा दिग्गज बलिउड अभिनेत्री एवम् भारतीय जनता पार्टीकी सांसद हेमा मालिनीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले कडा आलोचना गरेका छन् ।

भारतको आर्थिक राजधानी मुम्बई कोरोना भाइरसको सबैभन्दा बढि प्रभावित क्षेत्र हो । जसका कारण यस क्षेत्रमा रहेका अधिकाशं गरिब दैनिक रोजिरोटीको विकल्पमा भोकभोकै रहन बाध्य छन् ।यहीबीच बलिउड अभिनेता अजय देवगनले करिब ७ सय परिवारको खानाको जिम्मेवारी उठाउदै आएका छन् ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा