मध्यपूर्वको तनावप्रति नेपाल सरकारको गम्भीर चिन्ता: सबै पक्षलाई संयमता अपनाउन आग्रह

काठमाडौँ । नेपाल सरकारले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण र हिंसात्मक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै त्यहाँको वस्तुस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको जनाएको छ।

मन्त्रालयले सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयमता अपनाउन र तनाव थप बढ्न नदिन अपिल गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपालले कुनै पनि प्रकारका मतभेद र विवादहरूलाई कूटनीति र संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिन्छ।’ साथै, सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न र मानवीय क्षति रोक्न समेत नेपालले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।

नेपाल सरकारले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुरूप सबै राष्ट्रको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरिनुपर्ने अडान दोहोर्‍याएको छ। नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको पालना र विश्व शान्ति कायम गर्ने दायित्व सबैले निर्वाह गर्नुपर्ने नेपालको ठहर छ। मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका विषयमा पनि सरकारले चासो देखाएको बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा