राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक: पहिलो राष्ट्रिय महाधिवेशनको तयारीबारे हुनेछ छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेले आगामी बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी उक्त बैठक बोलाएका हुन्।

पार्टी प्रवक्ता मनिष झाका अनुसार यो बैठकमा मुख्यगरी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको सम्बन्धमा विस्तृत छलफल हुने कार्यसूची रहेको छ। रास्वपाले आफ्नो साङ्गठनिक संरचनालाई थप मजबुत बनाउन आगामी भदौ वा असोज महिनाभित्र पहिलो महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ।

बैठकमा महाधिवेशनको तयारीका साथै अन्य समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल गरी आवश्यक निर्णयहरू लिइने प्रवक्ता झाले जानकारी दिएका छन्। पार्टी स्थापना भएको छोटो समयमै पहिलो महाधिवेशन गर्न लागेकाले यस बैठकलाई महत्त्वका साथ हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा