धनुषामा लगाइएको कर्फ्युमा आंशिक खुकुलो: अत्यावश्यक सामग्री खरिदका लागि दुई घण्टाको समय प्रदान

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले सर्वसाधारण नागरिकको सुविधालाई ध्यानमा राख्दै जिल्लामा जारी कर्फ्युलाई आंशिक रूपमा खुकुलो पारेको छ। बिहीबारदेखि लगाइएको कर्फ्युका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएपछि प्रशासनले शुक्रबार बिहान केही समयका लागि खुकुलो गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा जारी सूचना अनुसार नागरिकहरूलाई दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न सहज होस् भन्ने उद्देश्यले बिहान ६ बजेदेखि ८ बजेसम्म कर्फ्यु हटाइएको थियो। यस दुई घण्टाको अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र खाद्यान्न जस्ता अत्यावश्यक सामग्रीहरू खरिद गर्न पाएका छन्। प्रशासनले तोकिएको समयभित्रै सामग्री खरिद गरी आ-आफ्नो निवासमा फर्कन र कर्फ्युको नियम पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

यसैबिच, कर्फ्यु जारी रहेता पनि स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री तथा बिरामीहरूका लागि भने आधिकारिक परिचय पत्र वा प्रमाणका आधारमा आवागमनको छुट दिइएको छ। त्यसैगरी, विमानस्थल जाने-आउने यात्रुहरू र उनीहरूलाई लिन जाने व्यक्तिहरूलाई पनि आवश्यक कागजातका आधारमा आवतजावतमा कुनै रोक नलगाइने सूचनामा उल्लेख गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा