बिहीबारको मौसम पूर्वानुमान: देशैभर बदली, केही पहाडी भू-भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने तराईका भू-भागमा आंशिक बदली हुनेछ। केही पहाडी क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

दिउँसो देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा