बाबुराम भट्टराईले बर्णाश्रम व्यवस्था नफेरे सम्म सामाजिक सुरक्षा र न्याय हुन नसक्ने भएकाले सबै नेपालीको थर फेर्नुपर्ने प्रस्ताव राखे

आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै बाबुरामले बर्णाश्रम व्यवस्था नफेरे सम्म सामाजिक सुरक्षा र न्याय हुननसक्ने बताउदै सबै नेपालीको थर फेर्नुपर्ने प्रस्ताव राखेका छन्। ‘मेरो नाम बरु बाबुराम दलित भनेर राख्दा हुन्छ,उनले भनेका छन्।

उनले भने, ‘बर्णाश्रम व्यवस्था नफेर्दा सम्म रुकुम जस्ता घटना घटिरहन्छन् तेसैले अब सबैले नामको पछाडि कामी थर राखौं, बाबुराम भट्टराई कामी भनौं, काम गर्नेले कामी लेख्न किन लाज मान्ने ?पढेलेखेका हामीजस्ता बाहुन मान्छे श्रम गर्न हुन्न भनेर बस्ने, उपदेश दिएर बस्ने’, भट्टराईले भने, ‘क्षेत्रीहरू कुनैबेला लडाइँ लड्थे होलान्, राजनीतिक स्तरमा त्यो अहिले काम छैन, उनीहरू पनि लडाइँ–बडाइँ भनेर अर्काले गरेको खाएर बस्ने भयो।’

उनले विगतमा वैश्यहरूले व्यापार गर्ने गरेका भए पनि अहिले व्यापार गर्नेको संख्या बढेकाले उनीहरुलाई नपुग्ने अवस्था रहेको बताए।अनि जो श्रम गर्ने हो सीप भएको हो। त्यसलाई दलित भनेर हेपेपछि विकास हुन्छ’, भट्टराईले भने, ‘दलित शब्द प्रयोग नगरौं अरू शब्द प्रयोग गरौं भन्नुहुन्थ्यो साथीहरूले।

मेरो त एउटा प्रस्ताव छ – तपाईं हामी सबैले दलित नाम राखिदिउँ न। बाबुराम भट्टराई कामी भन्न किन नहुने?’ भट्टराईले काम गर्ने मान्छेले ‘कामी भनेर गर्व’ गर्ने अवस्था श्रृजना गर्नुपर्ने बताए।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा