२२६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि,कुल सङ्क्रमितको सङ्ख्या १,७९८

नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १,७९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। थप २२६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।नयाँ सङ्क्रमितमध्ये १३ जना महिला र २१३ जना पुरुष रहेका छन्।

सङ्क्रमितमध्ये आठ जनाको निधन भइसकेको छ। लगातार एक सयभन्दा बढी सङ्क्रमण पुष्टि भएको सोमवार छैठौँ दिन हो।गएको छ दिनमा मात्रै १,०२६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो।संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिनु भएको जानकारी अनुसार थपिएका २ सय २६ जनामा २ सय १३ पुरुष र १३ महिला छन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सोमबार २२६ कोरोना संक्रमित थपिएका हुन्।

झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए।पछिल्लो समय भारतबाट ठूलो संख्यामा नेपाली भित्रिएसँगै कोरोनाभाइरसका संक्रमित पनि बढेका हुन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा