जनप्रिय आधारभूत विद्यालयले मनायो स्वर्ण महोत्सव

माघ २२ स्याङ्जा। स्याङ्जा जिल्ला वालिङ नगरपालिका  १२ मा अवस्थित श्री जनप्रिय आधारभूत विद्यालयले ५० वर्ष पूरा भएको अवसर पारी स्वर्ण महोत्सव मनाएको छ। २०३१ साल माघ २१ गते स्थापना भएको उक्त विद्यालय २०८१ साल माघ महिना २१ गते ५० वर्ष पार गरी ५१ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको उक्त स्वर्ण महोत्सवमा हाजिर जवाफ तथा एकदमै अनौठो अभिभावकहरूको मेच घुमाई कार्यक्रम पनि आयोजना गरेको थियो।

भने कार्यक्रमको उद्घाटन सत्र प्रमुख अतिथिमा गरौकालिका मन्दिर विकास समितिका संरक्षक डोलराज शर्मा पंगेनी हुनुहुन्थ्यो भने कार्यक्रमको समापन प्रमुख अतिथिमा वालिङनगरका नगरप्रमुख कृष्ण खाड हुनुहुन्थ्यो। साथै वालिङ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष विश्वजंग गुरुङ नेकपा एमाले वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेल पनि उपस्थिति हुनुहुन्थ्यो, तथा कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पनि सहभागिता रहेको थियो।

साथै कार्यक्रममा विभिन्न माध्यमबाट आर्थिक सहयोग गर्नुहुने तथा जग्गादाता सामाजिक व्यक्तित्वहरू तथा पूर्व शिक्षकहरूलाई पनि सोही कार्यक्रमबाट सम्मानित गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा