दशौँ राष्ट्रिय खेलकुद नसर्ने, निर्धारित समयमै भव्य रूपमा हुने : शिक्षामन्त्री पोखरेल

सुर्खेत । शिक्षामन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै सम्पन्न हुने स्पष्ट पार्दै प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गरेका छन्। दशौँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्रतियोगिताको माहोल र उत्सव सुरु भइसकेको बताए।

सम्बोधनका क्रममा उनले प्रतियोगिता आयोजनाका विषयमा कुनै पनि द्विविधा नपाल्न आग्रह गरे। आगामी मंसिर १६ गतेदेखि प्रतियोगिता औपचारिक रूपमा सुरु हुने जानकारी दिँदै मन्त्री पोखरेलले विगतका संस्करणहरूको तुलनामा यसपटकको राष्ट्रिय खेलकुद थप व्यवस्थित, मर्यादित र प्रभावकारी ढंगले आयोजना गरिने विश्वास व्यक्त गरे।

प्रतियोगितालाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न तीनै तहका सरकार, खेलकुद क्षेत्रका सरोकारवाला निकाय तथा सम्पूर्ण पक्षबीच आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको उनले औंल्याए। खेल पूर्वाधार निर्माण तथा व्यवस्थापकीय तयारीलाई तीव्रता दिएर निर्धारित मितिमै प्रतियोगिता सम्पन्न गर्न सबै पक्ष जुट्नुपर्नेमा उनले जोड दिए।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा