कोभिड–१९ महामारीले रोकिएको बुन्डेस लिगा शनिबार शुरु हुँदैछ । महामारी पछि यूरोपमा रोकिएको खेल शुरु हुने शीर्ष लिग यो पहिलो हो ।
जर्मनको शीर्ष डिभिजन लिग शनिबारबाट शुरु हुन लागेको हो । आज साँझ ६ खेल हुँदैछ । तर, खेल मैदानमा दर्शक भने हुने छैन । दर्शक बिनाको बन्द रंगशालामा खेल हुनेछ ।
पाँच खेल ७ः१५ बजे शुरु हुँदैछ भने एक खेल राति १०ः१५ बजे शुरु हुनेछ । ७ः१५ बजे नै डर्टमुन्ड र शेल्के बीच प्रतिश्पर्धा हुँदैछ । डर्टमुन्ड लिगको दोस्रो स्थानमा छ । समान २५ खेलबाट बार्यनले ५५ अंक जोडेको छ भने डर्टमुन्ड ५१ अंकका साथ पछ्याइरहेको छ ।
शेल्केले भने २५ खेलबाट ३७ अंक मात्रै जोडेको छ । महामारीका कारण रोकिएका यूरोपका अन्य लिगहरु पनि सर्तकता र कडा नियमका साथ शुरु गर्ने तयारी भइरहेको छ ।