पहिलो पटक फिफा वरियतामा कुनै परिवर्तन भएन

जुरिच, २ जेठ । विश्व फुटबल महासंघ फिफाको वरियतामा पहिलो पटक कुनै फेरबदेल भएको छैन । कोरोना भाइरसको महामारीका कारण विश्व फुटबल ठप्प हुदाँ त्यसको असर विश्व वरियतामा परेको छ ।

अन्तर्राष्ट्रिय फुटबल गतिविधि सञ्चालननहुँदासम्म वरियता यथावत रहने फिफाले जनाएको छ । भारसका कारण खेल तालिका, विश्वकप छनोट लगायतका अरु सबै प्रतियोगिता ठप्प छन् ।

यसअघि फिफाले सार्वजनिक गरेको मार्च महिनाको वरियतामा साउथ सुडान, बर्मुडा र जमैकाको परिवर्तन भएको थियो । तर, अन्यको वरियता भने यथावत नै थियो । तर, अब कोरोनाबाट मुक्त भएर फुटबल गतिविधि सञ्चालन नहुँदासम्म वरियतामा कुनै परिवर्तन नहुने भएको छ ।

नेपालपनि केहि समयका लागि एक सय ७० औं स्थानमा यथावत रहने छ । फिफा वरियताको शीर्ष स्थानमा बेल्जियम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा