मौसम अपडेट: पहाडी र हिमाली भेगमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदलीको अवस्था रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, यी तीन प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने देखिएको छ। अन्य प्रदेशका हिमाली भू-भागमा पनि एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लागे पनि दिउँसोतिर मौसम मुख्यतया सफा रहनेछ। आज राति पनि कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। तराईका थोरै स्थानहरूमा रातिको समयमा तुवाँलो लाग्न सक्नेछ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा