सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २६० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ। त्यस्तै, असली चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि हिजो छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ र असली चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ५१२ अमेरिकी डलर र चाँदी ६७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा