पुँजीबजारलाई पारदर्शी र लगानीमैत्री बनाउने कार्य निरन्तर जारी छ : सेबोन अध्यक्ष भट्ट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने काम भइरहेको बताएका छन्। प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै उनले बजारलाई लगानीमैत्री बनाउन बोर्ड निरन्तर लागिपरेको जानकारी दिएका हुन्।

उनले धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन र लगानीकर्ताको हित संरक्षणका विषयमा सरोकारवाला निकायहरूसँग निरन्तर छलफल भइरहेको बताए। साथै, नयाँ कम्पनीको प्राथमिक सेयर (आईपीओ) जारी गर्दा अपनाउनुपर्ने मापदण्डहरूमा समेत नीतिगत सुधार गर्न लागिएको उनले स्पष्ट पारे।

बैठकमा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले पुँजीबजार सुधारका लागि २१ बुँदे कार्ययोजना ल्याइने बताए भने अन्य सांसद तथा सरोकारवालाहरूले ऐन र नियमावलीलाई समयसापेक्ष बनाउनुका साथै नेप्सेमा देखिने प्राविधिक समस्याहरू तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका थिए।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा