न त घरको छु, न त घाटको भए,
बीच बाटै बाटोको सहयात्री म प्रश्न सबैले तेर्साएका छन् ।
उत्तर विनाको पाठक भए म
उमेर मेरो कट्दै गयो,
अवसर धेरै घट्दै,गएका छन्
हुन त हो मेरो पनि,
अवसर नआएको होइन !
कतै गरिबले मोड्यो,
कतै मनले मोड्यो
तर वास्तिकता के नैं रहेछ ।
आफ्नै भाग्यले तोड्यो
शहर बस्न कसलाई
रहर छैन र! त
दिशा पिसाब गर्न पनि
२ दुई मिनेटको चर्पी किन्नुपर्छ ( महोदय)
नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।