बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैन, मविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइयो: अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रतिपक्षी दलहरूको आरोप र प्रचारमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभा, अर्थ समितिको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमान (बजेट) का मुख्य मुख्य व्यवस्थाका सम्बन्धमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो स्पष्टीकरण दिएका हुन्।

अर्थमन्त्री डा. वाग्लेले प्रस्तावित करका दरबारे सूचना चुहावट गरेर जेठ १४ गते बिवाइडी (BYD) कम्पनीका गाडीहरू नेपाल भित्र्याइएको भनी आफूमाथि लगाइएको आरोप पूर्णतः निराधार र कपोलकल्पित भएको बताए। उनले सरकार र आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाउने खेल भइरहेको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध प्राविधिक बुँदाहरू आर्थिक विधेयकमा छुट्न गएकाले त्यसलाई नियमसङ्गत रूपमा संशोधन मात्र गरिएको प्रष्ट पारे।

प्रधानमन्त्री र अर्थमन्त्रीलाई नियतवश विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाणबिना नै बजार र सदनमा अनावश्यक चर्चा गराइएको उनको भनाइ थियो। “देखिएका प्राविधिक त्रुटि सच्याएर सार्वभौम सांसदहरूको हातमा विधेयक सुम्पिएपछि त्यसमा कुनै परिवर्तन गरिएको छैन। प्रतिनिधिसभा अवरोध गरेर बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो”, मन्त्री डा. वाग्लेले आक्रोश पोख्दै भने, “सुशासनका लागि निर्मम रूपमा अघि बढेको सरकारविरुद्ध यस्ता हिलो छ्यापेर छवि धुमिल्याउन सकिन्छ भनेर गरिएका प्रहारको भ्रममा माननीय सांसदहरू पर्नु हुँदैन।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा