२८ वर्षकी एक महिलालाई ११ वर्षका बालकसँग यौन सम्बन्ध बनाएको अभियोगमा जेल सजाय सुनाइएको छ ।

एजेन्सी। २८ वर्षकी एक महिलालाई ११ वर्षका बालकसँग यौन सम्बन्ध बनाएको अभियोगमा जेल सजाय सुनाइएको छ । घटना अमेरिकाको फ्लोरिडाको हो ।अदालतले महिलालाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । घटनाको समयमा मरिसा मौरी नामकी ती महिला २२ वर्षकी थिइन् ।

डब्लुएफटिभी डटकमको रिपोर्टअनुसार ती महिला ११ वर्षका ती बालकको घरमा घरेलु कामदार थिइन् । यही क्रममा जनवरी २०१४ मा उनले ती बालकसँग यौन सम्बन्ध बनाइन् । अदालतले उनलाई २० वर्षको जेल सजाय सुनाएको छ । ती महिलाले बालकसँग यौन सम्बन्धपछि गर्भवती भएर बच्चासमेत जन्माइन् तर ती ११ वर्षे बालकको परिवारलाई महिलाको कर्तुतबारे पत्तै भएन ।

पीडित बालकका परिवारले महिलाले आफ्ना ब्वाइफ्रेण्डका बच्चालाई जन्म दिएको ठानेका थिए । महिलाले ७ महिनाको अवधिमा ती बालकसँग कम्तीमा १५ पटक दुर्व्यवहार गरेकी थिइन् । तर, ती बालकले कुनै पनि घटनाबारे परिवारलाई जानकारी दिएनन् । २०१७ मा महिलालाई गिरफ्तार गरेपछि घटनाको खुलासा भएको हो ।

अहिले पीडित बालकको उमेर १७ वर्ष भएको छ । अदालतमा सजाय सुनाउने बेला पीडित किशोर र ती महिलाको ५ वर्षको बच्चा पनि उपस्थित थिए । जेलबाट रिहा भएपछि ती महिलाले सेक्स अफेंडर रजिष्टरमा आफ्नो नाम दर्ता गराउनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा