मध्यरातदेखि लागू हुने गरि बढ्याे पेट्राेलकाे मूल्य, प्रतिलिटर कति?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेकाे छ। नेपाल आयल निगमले सोमबार बिहान १ बजेदेखि लागु हुने गरि पेट्रोलमा १ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मात्र बढाउने निर्णय गरेको हो।

नयाँ दरअनुसार अब तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य १४२ रुपैयाँ पुगेको छ।

त्यस्तै, दोस्रो वर्गका सुर्खेत र दाङमा पेट्रोल १५६ र डिजेल १४१ रुपैयाँ कायम गरिएको छ भने पहिलो वर्गका तराईका क्षेत्रहरूमा पेट्रोल १४५.५० र डिजेल १३१.५० रुपैयाँमा उपलब्ध हुने निगमले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा