सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउमा भने उत्साहजनक वृद्धि!

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। अघिल्लो दिन बिहीबार तोलामा ६ सय रुपैयाँले उकालो लागेको सुनको भाउ आज भने प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि हिजो बिहीबार बजारमा सुन प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर आज प्रतितोला ५ हजार ७४० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ७२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा