काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन स्वच्छ र निष्पक्ष हुनेमा शंका व्यक्त गरेका छन् ।
झापाको दमकमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा ओलीले आगामी निर्वाचनकाे स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठाएका हुन् ।
उनले धाँधलीरहित निर्वाचनका लागि सरकारलाई गम्भीर बन्न आग्रह गर्दै उनले कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने बताए ।
चुनाव निष्पक्ष नभएको खण्डमा र राज्य संयन्त्रको दुरुपयोग गरी नतिजा प्रभावित पार्न खोजिए लोकतान्त्रिक शक्तिहरूले त्यसको परिणामलाई मान्यता नदिने उनकाे भनाइ छ । ओलीले भने, ‘त्यस्ता गतिविधि तत्काल रोकिनु पर्छ । रोकिनेमा शंका छ ।’
मुलुकको सार्वभौम संसदलाई विध्वंसको माध्यमबाट बलजफ्ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको उनले बताए ।




