इतिहासकै उच्च बिन्दुमा सुनचाँदीको भाउ, तोलाको ३ लाख १८ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेकाे छ। आज सुनकाे भाउ पहिलाे पटक ३ लाख १८ हजार नाघेकाे हाे ।

नेपाली बजारमा सुनकाे मूल्यले हरेक दिन नयाँ कीर्तिमान कायम गर्दै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

मंगलबार छापावाल सुन सोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य पनि उच्च बिन्दुले बढेको छ । मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा