नायिका जल शाहको प्रश्न :मलाईं जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमति चाहिन्छ र ?

कुनै बेलाकी चर्चित नायिका जल शाह हाल अमेरिकामा बस्दै आइरहेकी छिन। आफ्नो नेपाल आमालाई माया गर्न नेपालमा नै बस्नुपर्छ भनेर प्रश्न गर्दै रोष व्यक्त गरेकी छिन् ।

आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा उनले यस्तो प्रश्न सोध्दै लेखेकी छिन्, ‘केही मानिसहरुको बोली अनुसार म देशलाई माया गर्छु त्यसैले म विदेशमा बसेको छैन । यो कस्तो मानसिकता हो ? कत्तिको जायज छ ? तर यदि तपाईंको देशप्रतिको कर्तव्य र योगदान हेर्ने हो भने त्यो त शून्य छ । नेपालमा बस्दैमा आफूमात्र इमान्दार ? कस्तो खोक्रो बोली छिन छिनमा बदलिँदै जाने ?’

‘जल शाह’

आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नु पर्छ ? नेपालीहरू विश्वभर छरिएर बसेका छन् ! केही मानिसको बोली अनुसार, म देशलाई माया गर्छु त्यसैले म विदेशमा वसेको छैन| यो कस्तो मानसिकता हो ?कत्तिको जायज छ? तर यदि तपाइँको देश प्रतिको कर्तव्य र योगदान हेर्ने हो भने त्यो त शून्य छ। नेपालमा बस्दैमा आफू मात्र इमान्दार ? कस्तो खोक्रो बोली छिन छिनमा बदलीदै जाने ? नेपाली दाजुभाई, दिदिबहिनीहरू कोहीपनि आफ्नो देश र परिवारबाट टाढा हुन चाहन्नन , संसारभर छरिएर उनीहरू आफ्नो शीप अनुसारको काम गरिरहेका छन्,आफ़नो परिवारको पेट पलिरहेका छन् । उनीहरूलाई ,मलाईं जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमति चाहिन्छ र ? देशमा जुनसुकै विपत्ति आइपर्दा पनि विदेशमा बस्ने नेपालीहरू एक भएर अगाडि बढेका छन् ,सहयोगका लागी।नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा ? नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का ? नेपालीको पनि दुइवटा जात हुन्छ र ? के बाहिर वस्ने नेपाली , नेपाली नै होइनन्? देशमा बसेर ठूलो ठूलो गफ हाकेर आफ़नो देशलाई ठग्न र नङ्ग्याउन हामीलाई त आउदैन । हामीलाई आफ्नो देश रक्षाको लागी मर्न चाही पक्कै आउँछ । खोक़्रो राष्ट्रवाद मुर्दाबाद। जय देश

यसका साथै उनले नेपालीहरु कोही पनि आफ्नो देश र परिवारबाट टाढा हुन नचाहने र संसारभरी छरिएर आफ्नो सीप अनुसारको काम गर्दै परिवारको पेट पालिरहेको बताएकी छिन।

उनले नेपालीको पनि दुईवटा जात हुन्छ र भनेर प्रश्न सोधेकी छिन् । निकै कडा शब्दमा उनले लेखेकी छिन्, ‘ नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा रु नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का रु नेपालीको पनि दुइवटा जात हुन्छ र रु के बाहिर वस्ने नेपाली , नेपाली नै होइनन्रु देशमा बसेर ठूलो ठूलो गफ हाकेर आफ़नो देशलाई ठग्न र नङ्ग्याउन हामीलाई त आउदैन । हामीलाई आफ्नो देश रक्षाको लागी मर्न चाही आउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा