एकैदिन २ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले र चाँदी तोलामा ७० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोला ५ हजार ८१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको मूल्यले यस भन्दा पहिलेको ५ हजार ८१० रुपैयाँको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा