सुनको मूल्यमा भारी गिरावट, दुई दिनमै ३९ हजारभन्दा धेरै घट्यो, हुँदैछ कारोबार ?

काठमाडौं : विश्व बजारमा सुनको मूल्यमा आएको भारी गिरावटसँगै नेपाली बजारमा पनि आज सुनको भाउ उच्च अंकले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ कायम भएको छ।

यसअघि अघिल्लो कारोबार दिन शुक्रबार पनि सुनको मूल्यमा ठुलो गिरावट आएको थियो। शुक्रबार प्रतितोला २० हजार ५०० रुपैयाँले घटेर सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको थियो। पछिल्ला दुई कारोबार दिनमै सुनको मूल्य तोलामा ३९ हजार ३०० रुपैयाँले घटिसकेको छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघले आजका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ५०० रुपैयाँ तोकेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको अस्वभाविक गिरावटका कारण त्यसको सिधा असर नेपाली बजारमा परेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा